२०८१ चैत्र ५ मंगलवार

जब तन्नेरीहरुले चिन्तनमा चासो देखाए अनि जन्मियो रिडर्स झापा!

सम्पादकीय
मेचीनगर क्षेत्रका तन्नेरी पुस्ता त्यो बेलाका अर्थात २०६४सालका लक्काजवानहरु ।हितैषी दौतेरी,बाक्लो संगतमा परेका, चिनापर्चीपछि नजिक भएका अनि राजनीतिसँगै समाजमा पनि तिख्खर बन्ने आदत लागेकाहरु । पहिलो दफ्फेमा उनीहरु यसै पार्टी पोल्टीक्समा गफिन थाले ।उज्वल, सागर,राजु,पर्वत, दामोदर,निरोज,दिपक,सन्तोषहरु तन्नेरीहरुको संख्या तन्कदै गयो थपिदै गए मणी,संदीप,शैलेस,डेनी,शिशिर अरु जवानहरु आडभरोस दिदै गए थाङग्रोको रुपमा पुन्यसर ।दफ्फेदफ्फेको भेटपछि बन्दै गयो सोचको परिधि अनि एउटा नाम जुर्यो ।रिडर्स झापा गज्जबको न्वारन भयो चिन्तन गर्ने यो चौतारीको ।

रौसे तन्नेरीहरुको चासो उक्लिदै गयो अनि समाजका सबै पक्षमा उनीहरु सोच्न थाले अनि शुरु भयो केही गर्नुपर्छ भन्ने हुट्हुटी आज उनै तन्नेहरुको निरन्तरको यात्राको नयाँ उचाई र आयाम बनेको छ रिडर्स झापाको पाँचौ संस्करण ।आज रिडर्स झापाले कला र साहित्यका विविध पक्ष र पाटामा मात्र नभएर पर्यावरणलाई समेत समेट्न पुगेको छ । समाजका समग्र पत्रहरुलाई मिहिन पाराले केलाएर सामाजिक चेतनासँगै रिडर्स झापाका विगतका कार्यक्रममा एकपटक फर्कने हो भने सामाजिक चेतनापक्षमा निरन्तर यात्रा गरिरहेको एउटा यात्रीको रुपमा रिडर्स झापा उभिन सफल भएको छ । यही फागुनको १४,१५ र १६ गते झापाको काँकरभिट्टामा पाँचौ संस्करणका रुपमा पर्यावरणलाई मुख्य विषय बनाएर यसको वरिपरि रहेका अन्य अहम् विषयहरुमा समेत विषयका विज्ञलाई डाकेर हाम्रैलागि फेरि एकपटक हिजाका उनै तन्नेरीहरु तात्तिएकाछन् । हाम्रो उपस्थिति यो कार्यक्रम रहनु भनेको पहिलो त हामीले केही नयाँ कुरा जान्नु हो भने दोस्रो महत्वपूर्ण रिडर्स झापाको कला साहित्य उत्सवलाई सफल पार्नु पनि हो । यसर्थ रिडर्स झापाको पाँचौ संस्करण अर्थात कला साहित्य उत्सवमा हामी सबैको सहभागिता रहने छ । हामी केही सिक्नेछौँ, हामीले केही जान्नेछौँ अनि हामीले केही नयाँ पाउनेछौँ जो हाम्रैलागि हुनेछ । रिडर्स झापाको कला साहित्य उत्सवलाई हाम्रो पनि शुभकामना !

२०८१ फाल्गुन १२, सोमबार प्रकाशित 0 Minutes 27 Views

ताजा समाचार