२०८१ चैत्र २९ शुक्रबार

झापा ११ सेमिफाइनलमा

मेचीनगर । । लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै झापा–११ एफसी झापाको भद्रपुरमा आयोजित ‘भद्रपुर झापा गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले चर्च ब्वाइजमाथी २–१ को नतिजा निकाल्यो ।

बि डिभिजन लि खेल्ने तयारी गर्दै गरेको झापाले आफ्नै टोलीमात्र मैदानमा उतारेको थियो । तीनजना बिदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले प्रभावशाली प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै पराजय ब्यहोर्नु परेको छ । चर्च ब्वाइजले झापाले भारतको सिक्किममा आयोजित गभनर्स गोल्डकपको फाइनलमा पराजित गरेको थियो ।

झापाले खेलको १४ औं मिनेटमा सुरुवाती अग्रता लियो । झापाका लागि एरोन थापाले गोल गर्दै टिमलाई १–० को स्थितिमा पु¥याए । चर्च ब्वाइजका गोल किपर अगाडि बढेको समयमा मैदानको मध्यभागबाट उनले प्रहार गरेको भलि सट गोलमा परिणत भएको थियो ।

एक गोल खाएपछि चर्च ब्वाईजले दवावको सामान गरेको थियो । खेलको ४१ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल फर्कायो । पेनाल्टी एरिया नजिक पाएको फ्रि किकलाई एरिक बिष्टले प्रहार गरेका थिए । उनको फ्रि किकलाई विक्रम धिमालले गोल गरेका थिए ।

पहिलो हाफमा १–१ को बराबरी खेलेको झापाले दोस्रो हाफको ७९ मिनेटमा अर्काे गोल थप्यो । चर्च ब्वाइजका गोलरक्षक कुशल मोक्तानले क्लियर गर्न नसकेको बललाई झापाका डिफेण्डर पेमा तामाङले पोष्टको दिशा दिए ।

खेलको प्लेयर अफ द म्याच बिजेता टिम झापाका पेमा लामा घोषित भए । उनले नगद २१ हजार रुपैंयाँ पुरस्कार पाए । आईतबारको क्वाटर फाइनल खेल न्यु रोड टिम काठमाण्डौ र काउन बाजार बंगलादेशबिच हुने आयोजकले जनाएको छ ।

घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४ औँ मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका गोलकिपर मोक्तानले नियन्त्रणमा लिए ।

खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो ।

खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गर्दा चर्च ब्वाइज पहिलो खेलमै घर फर्किएको छ ।

 

२०८१ फाल्गुन १०, शनिबार प्रकाशित 1 Minute 32 Views

ताजा समाचार