२०८३ जेष्ठ २१ बिहीबार

मेची उद्योग वाणिज्य संघकाे मतगणना शुरु

मेचीनगर ।  मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ ।

शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आइतबार बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका ५ बजेसम्म सकिने प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए । पोखरेलका अनुसार संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये १ हजार ३ सय ८९ जनाले मतदान गरेका छन् । संघकाे चुनावमा ३३ जना उम्मेदवार रहेका थिए भने १६ जना निर्वाचित हुने छन् ।

२०७९ माघ २२, आईतवार प्रकाशित 0 Minutes 503 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।