२०८३ जेष्ठ २१ बिहीबार

पर्शुरामको स्मृतिमा विराट भरतमा ६ कोठे भवनको शिलान्यास

झापा । दाताको सहयोगमा निर्माणाधीन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र बिर्तामोडमा थप अर्को भवन निर्माण हुने पक्का भएको छ।

शनिबार दाता परिवारकाले दुई तले भवको शिलान्यास गरेसँगै सुविधा सम्पन्न अर्को भवन बन्ने पक्का भएको हो। कोरोना संक्रमणका कारण दुई वर्ष अघि निधन भएका बिर्तामोड नगरपालिका -३ का समाजसेवी पर्शुराम सिटौला श्रीमती पुण्यवती र छोरा शैलेन्द्र सिटौलाले सो भवनको शिलान्यास गरेका हुन् ।

पर्शुरामको दोस्रो वार्षिक स्मृतिको दिन भवन शिलान्यास गरिएको हो । भवन निर्माणमा ४५ लाख रुपैयाँ बढी लाग्ने जनाइएको छ । भवन शिलान्यासकै दिन दाता परिवारले १० लाख रुपैयाँ हस्तान्तरण गरेको केन्द्रका व्यवस्थापक नारायण आचार्यले बताए ।

भवन शिलान्यास तथा रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष डिल्ली प्रसाईं, पूर्वअध्यक्ष हर्कलाल गिरी लगायतको सहभागिता थियो।

दुई बिघा १६ धुरमा निर्माण भइरहेको सो सेवा केन्द्र मुलुककै सबैभन्दा ठूलो, अत्याधुनिक र सुविधायुक्त हुने बताइन्छ ।
सेवा केन्द्र निर्माणका लागि समाजवादी चिन्तक सिके प्रसाईं ( भरतबाबु ) को परिवारले २ बिघा १६ धुर जग्गा निःशुल्क उपलब्ध गराएको छ। जग्गा उपलब्ध भएपछि आधा ५ वर्ष अघिदेखि सेवा केन्द्र निर्माण प्रारम्भ भएको हो।
योगकेन्द्र, पार्क, टावर , आवास लगायत संरचना बन्दै गरेको सो केन्द्रबाट सशुल्क र निःशुल्क सेवा उपलब्ध गराउने लक्ष्य अभियानकर्ताको छ।

जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई एक्लोपन हटाउएर पूणर्जीवनको अनुभूति दिलाउने ध्येयका साथ केन्द्र निर्माण सुरु गरिएको हो।

२०७९ माघ २१, शनिबार प्रकाशित 1 Minute 576 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।