२०८१ बैशाख १५ शनिबार

रोटरी क्लब अफ मेचीनगरको रक्तदान कार्यक्रम सम्पन्न

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् ।
“मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै रोटरी क्लब अफ मेचीनगरले मेचीनगर- १० स्थित मेची उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूलाई आयोजकको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयुस्मान निरौलाले जानकारी दिए ।
रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा प्रमुख कुसुम कोइरालालगायतको आतिथ्य रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको प्रविधिक सहयोग रहेको कार्यक्रममा सह-आयोजक रोट्रयाक्ट क्लब अफ मेचीनगर रहेको थियो ।

२०७९ माघ २१, शनिबार प्रकाशित 1 Minute 399 Views

ताजा समाचार