२०८३ जेष्ठ २१ बिहीबार

हमासले शनिबारसम्म बन्धकलाई मुक्त नगरे युद्धविराम अन्त्य हुने इजरायलको चेतावनी

काठमाडौं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरे गाजामा युद्धविराम अन्त्य गर्ने र कडा युद्ध सुरु गर्ने चेतावनी दिनुभएको छ ।

हमासले अर्को सूचना नभएसम्म बन्धक मुक्त नगर्ने बताएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सेनालाई उच्च सतर्कताका साथ गाजा भित्र र वरपर जम्मा हुन आदेश दिइसक्नुभएको छ ।

नेतान्याहुले हमासको कब्जामा रहेका सबै ७६ बन्धकहरूलाई रिहा गर्न माग गर्नु भएको हो वा यस शनिबार रिहा हुने तीन जना मात्रै भन्ने कुरा खुलाउनु भएको छैन । तर एक इजरायली मन्त्रीले भने प्रधानमन्त्रीले सबैलाई रिहा गर्न माग गरेको बताउनु भयो ।

हमासले इजरायलले तीन हप्ता अघि भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ । अत्यावश्यक मानवीय सहायता अवरुद्ध गरेको हमासको भनाइ छ । इजरायलले भने हमासको दाबीलाई अस्वीकार गरेको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ माघ ३०, बुधबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।