२०८३ जेष्ठ २८ बिहीबार

दक्षिणकालीमा स्कुल बस दुर्घटना : दुईको मृत्यु, ४१ घाइते

गोरखापत्र अनलाइन
काठमाडौँ, माघ २७ गते । काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परी ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो ।

घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ । घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुग्नुभएको छ ।

 

२०८१ माघ २७, आईतवार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।