२०८१ बैशाख ८ शनिबार

तामझामका साथ शिलान्यास भएको मेचीनगरको भ्यूटावर बजेट अभावले अलपत्र

बिश्वास दाहाल

झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टामा निमाणर्धिन भ्युटावर बजेटको अभावले अलपत्र परेको छ । तीन वर्षअघि निकै तामझामका साथ शिलान्यास गरे अझै सम्म पनि बन्न सकेको छैन ।

प्रदेश १ को ७० प्रतिशत र मेचीनगर नगरपालिका ३० प्रतिशत लागतमा करिब ५ करोडमा बन्ने सम्झौता गरेको कन्काई इन्टरनेशनल बिर्डसले पैसा नपाएपछि १० प्रतिशत काम गरेर छोडेको हो । ठेकदार कम्पनीले ४८ लाख पेश्की रकम लिएको छ ।

करिब ५ सय उचाईमा रहेको भुभाग स्थानीय विश्वनाथ शिवालय मन्दिरको परिषरमा १ सय २० फुट उचाईको १० तले भ्युटावरबाट नेपाल—भारत सीमावर्ती भुभागका विभिन्न स्थानको समेत दृष्ट्य अवलोकन गर्न सकिने छ ।

भ्यूटावर निमाणर् स्थलबाट सीमावर्ती दशगजा करिब ५ सय मिटर पुर्व पर्छ । भ्यूटावर बनेपछि नेपाल,भारत, बंगालादेश र भुटानसम्मका पर्यटकका लागि आर्कषणको गन्तव्य बन्ने अनुमान गरिएको छ ।

नेपाल—भारतको नेपाली सीमावर्ती सहरमा भ्यूटावर बन्ने भएपछि आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकको आकर्षणले यहाँको व्यवसायीक प्रबद्धनमा ठूलो टेवा हुने आशा थियो । झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष नेत्र कार्कीले भने— तर ३ वर्ष बित्न लाग्दा पनि बन्न सकेन यो दुःखद् कुरा हो ।

यता सम्झतौ अनुसारको रकम नपाएपछि पिलरको रड ठड्याएर बेवारिसे अवस्थामा ठेकेदारले छाडेका छन् । तीन वर्षमा टावरको सामान्य जग मात्र उठेको छ ।

भ्यूटावर निर्माणका लामो निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीको कार्यकालमा बजेट बिनियोजन भएको थियोे तर प्रदेश सरकारले अहिलेसम्म बजेटको रकम दिएको छैन् । उक्त बिनियोजनमा परेको बजेट तत्काल प्रदेश सरकारले निकासा गर्नपर्ने मैनालीको भनाई छ ।

मेचीनगर नगरपालिकाले उक्त भ्यूटावरको ठेक्का लगाएको थियो, तर कागजातमा यसको निरन्तर कसले दिने भन्नेमा आधिकारिकता देखिदैन, मेचीनगर नगरप्रमुखले भने—बजेटको सुनिश्चता नभई कसरी ठेक्का लाग्यो भन्ने विषय बुझ्दै छु ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा देशको विभिन्न स्थानमा भ्यूटावर निमाणर्का लागि राज्य कोेषबाट ठूलो रकम छुट्याएपछि चौतर्फी आलोचना भएको थियो । यो योजना असफल छ भने धेरै भ्यूटावर अलपत्र परेका छन् ।

२०७९ माघ २१, शनिबार प्रकाशित 0 Minutes 404 Views

ताजा समाचार