
काठमाडौं- हमासले आज रिहा गर्ने भनिएका तीन इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायल र हमास बीच भएको युद्धविराम सम्झौता अन्तर्गत् पहिलो चरणमा बन्दी आदान प्रदान भइरहेको छ ।
आज रिहा हुनेमा एली साराबी, ओहाद बेन अमी र ओर लेवी नाम गरेका तीन इजरायली पुरुष नागरिकहरू रहेका छन् । त्यसको बदलामा इजरायलले बन्दी बनाएका १ सय ८३ जना प्यालेस्टायनी रिहा गर्नुपर्नेछ ।

जनवरी १९ मा युद्धविराम भएयता १८ इजरायली बन्धक रिहा भएका छन् भने ३ सय ८३ प्यालेस्टायनी बन्दी पनि रिहा भएका छन् ।
युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत् ६ हप्ताको अवधिमा ३३ इजरायली बन्धक रिहा गर्ने र १ हजार ९ सय प्यालेस्टायनी बन्दीहरु रिहा गर्ने सहमति भएको छ । ३३ इजरायली बन्धक मध्ये ८ जनाको मृत्यु भएको बताइएको छ ।नेपाल टिभी अनलाइनबाट ।