२०८१ बैशाख ७ शुक्रबार

झापाका चार डीएसपीको एकै पटक सरुवा, इप्रका काँकरभिट्टाको कमाण्ड समाल्न भारती आउने

झापा । झापाका चार प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकको सरुवा भएको छ । उनको ठाउँमा खगेन्द्रप्रसाद रिजाल आउने भएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोको सरुवा भएको छ । डीएसपी महतोको मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको हो । अब इप्रका काँकरभिट्टाको कमाण्ड समाल्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी दीपक भारती आउने भएका छन् ।

त्यस्तै ,इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलिपकुमार गिरीको सरुवा भएको छ । उनका ठाउँमा मनोजकुमार लामा दमकको कमाण्ड समाल्न आउने भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरको सरुवा भएको छ । उनको ठाउँमा बिर्तामोडको कमाण्ड समाल्न सरोज कार्की आउने भएका छन् ।

विहीबार प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक ९डीएसपी०को सरुवा गरेको थियो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जनाको सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेका थिए ।

२०७९ माघ २१, शनिबार प्रकाशित 0 Minutes 289 Views

ताजा समाचार