मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । धेरै घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ । त्यसमध्ये ४ जनाको शल्यक्रिया भइरहेको छ ।

प्रहरीले शुरुमा ५ जनालाई गोली हानेको र घटनालाई हत्या प्रयास, आगजनी र हतियारको जघन्य अपराधका रूपमा अनुसन्धान भइरहेको बताएको छ ।
अनुसन्धानकै क्रममा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । हालसम्मको अनुसन्धानले आक्रमणकोपछि आतंकवादी उद्देश्य नभएको पुष्टि भएको छ ।
नेपाल टिभी अनलाइनबाट ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



