
झापा । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकप्रति स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश समितिले आपत्ति जनाएको छ ।स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश र सुनसरी जिल्ला समितिले आज संयुक्त विज्ञप्ति जारी गर्दै छलफलका लागि राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकले नागरिकको संवैधानिक हक हनन हुने उल्लेख गरिएको छ । प्रदेशका संयोजक देवेन्द्रकिशोर ढुङ्गाना र सुनसरी जिल्लाका अध्यक्ष अकबर अलीद्धारा जारी गरिएको संयुक्त विज्ञप्तिमा यो विधेयकले अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप गर्ने समेत ठहर गरेको छ ।विज्ञप्तिमा यो विधेयक संविधानको भावना र मर्म विपरित रहेको उल्लेख गरिएको छ ।

२०८१ माघ १७, बिहीबार प्रकाशित
0 Minutes
17 Views