२०८१ बैशाख १५ शनिबार

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोषको पद हस्तान्तरण तथा सपथग्रहण

काँकरभिट्टा । काकँरभिट्टामा रहेकाे महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको पदहस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन संयोजक डिल्लीराम घिमिरेले नव निर्वाचित अध्यक्ष मोहन रिजाल लगायत पदाधिकारी तथा सदस्यहरुलाई सफद ग्रहण गराएका थिए ।
निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेको सभापतित्व तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष विष्णु गौतमले नवनिर्वाचित अध्यक्ष रिजाललाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द्र बुढाथोकीले व्यवसायिको हक, हित र सुरक्षाकोलागि स्थानीय सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।
यातायात मजदुरका समस्यालाई नजिकबाट नियालेका नगरप्रमुख बुढाथोकीले कोषले यातायात मजदुर र व्यवसायिहरुको सुरक्षाको लागि सञ्चालन गर्दे आएको कामकोसमेत प्रशंसा गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष रिजालले व्यवसायिको हक हित र सुरक्षाको लागि आफू र आफ्नो टिम निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश १ (क) का प्रदेश सभासदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललित बहादुर तामाङ, नेपाल यातायात राष्ट्रिय व्यवसायिक महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायि प्रालिका अध्यक्ष केशव गिरी, नेपाल यातायात मजदुर संघ मेचीनगर अध्यक्ष विशाल तामाङ, नेपाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर अध्यक्ष राजकुमार सुवेदी, नेपाल ट्रेड यूनियन महासंघ मेचीनगर अध्यक्ष एकराज तिम्सिना लगाय बिभिन्न क्षेत्रका यातायात व्यवसायिहरुको सहभागिता रहेको थियो ।
निर्वाचन समिति सदस्य प्रलाद श्रेष्ठले स्वागत गरेको कार्यक्रको सञ्चालन सदस्य सूर्यप्रकाश उप्रेतीले गरेका थिए ।
माघ १९ गते सम्पन्न कोषको निर्वाचनबाट तीन वर्ष कार्यकालको लागि अध्यक्षमा यातायात व्यवसायी मोहन रिजाल निर्वाचित भएका थिए ।
संघको नवनिर्वाचित उपाध्यक्षमा बलिमान गुरुङ, सचिवमा डिल्लीबहादुर कार्की, सहसचिवमा वासुदेव कार्की, कोषाध्यक्षमा शान्त घिमिरे, सदस्यहरुमा दुर्गा खड्का, सुमित्रा बिमली(ढुंगाना) कृष्णकुमार बस्नेत, धनश्याम श्रेष्ठ, नरेशकान्त सरकार र अमर बहादुर बस्नेत निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वको लागि अध्यक्ष र सचिव पदमा चुनावी प्रतिष्पर्धा भएको थियो भने भने सल्लाकार सहित अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।
अधिवेशनले नविन कुमार श्रेष्ठलाई सल्लाकार समितिको संयोजकमा सर्वसम्मत चयन गरेको थियो भने समितिको सदस्यहरुमा बुद्धिराज राई र मोहन कुमार प्रसाई रहेका छन् ।

२०७९ माघ २०, शुक्रबार प्रकाशित 0 Minutes 279 Views

ताजा समाचार