२०८३ जेष्ठ २८ बिहीबार

झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी

न्युज अफ नेपाल

काठमाडौं ।

भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा अभियन्ता आशिका तामाङलाई म्याद थपको तयारी गरिएकाे छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताएका छन् ।

आशिमा तामाङले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोपमा जाहेरी दिएको डीएसपी न्यौपानेले बताए।

सूर्यविनायक नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उक्त पुलमा कर उठाउन ठेक्कामा दिएको छ। पुल चढेबापत २० रुपैयाँ लिने गरिएको छ । उनले यसअघि पशुपतिमा प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएर भक्तपुर लगिएको छ।

 

२०८१ माघ १५, मंगलवार प्रकाशित 1 Minute 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।