झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



