२०८३ जेष्ठ २१ बिहीबार

युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गर्नुभएको छ ।

रुसी राष्ट्रपति वार्तामा नआए अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भन्नुभयो, “यस्तो हुनसक्ने सम्भावना छ ।”

ट्रम्पले सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि र पदभार ग्रहण गरेपछि पनि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गर्नुभएको थियो । यसबाट उहाँले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

पुटिनप्रति आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भन्नुभयो । “मलाई लाग्छ उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताउनुभयो ।नेपाल टिभी अनलाइनबाट ।

 

२०८१ माघ १०, बिहीबार प्रकाशित 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।