२०८३ जेष्ठ २१ बिहीबार

सहकारीका बचतकर्ताको गुहार

काठमाडौँ, माघ १० गते । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन निवेदन दिएका छन् ।

बचतकर्ताले सहकारी संस्थाबाट चार अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपियाँ माग दाबीसहित निवेदन दिएका काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले गोरखापत्रलाई जानकारी दिनुभयो । यसअघि काठमाडौँ महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदाबी गरेका हुन् ।

महानगर सहकारी विभाग प्रमुख ढकालले बचत फिर्ताका लागि महानगरमा परेको निवेदनबारे आफूले सङ्घीय सरकार अन्तर्गतको सहकारी विभागसँग छलफल गरी जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले बचतकर्ताको रकम फिर्ता गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।गोरखापत्र अनलाइन

 

२०८१ माघ १०, बिहीबार प्रकाशित 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।