२०८३ जेष्ठ २१ बिहीबार

व्यवसायीको माया बटुलेका आनन्द खड्का

मेचीनगर-७ निवासी आनन्द खड्का व्यवसायीमाझ परिचित नाम हो । युवा अवस्थाबाटै व्यवसायमा लागेका खड्का मेची उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा उठेका छन् ।

उनले उद्योग क्षेत्रमा लगानी गरेर सयौं नेपालीलाई रोजगारी दिएका छन् । आफ्नै देशमा केही गरौं भन्ने भावना बोकेका खड्काले प्लाइउड, चिया उद्योग खोलेका छन् । इलामा चिया फ्याक्ट्री र झापामा प्लाइउड उद्योग सञ्चालनमा छ ।
विशेषगरी उद्योग क्षेत्रमा देखिएका समस्या भोगेका र बुझेका खड्काले आफ्नो उम्मेदवारी बारे प्रस्टाउँदै भने, ‘उद्योग क्षेत्रमा थुप्रै समस्या छन् । तिनलाई समाधान गर्न मेरो उम्मेदवारी हो ।’

उद्योगबाट उत्पादित सामान निर्यातमा देखिएका झन्झटिलो प्रक्रिया अन्त्य गर्न भूमिका खेलेका खड्काले सबै व्यवसायीको माया र सद्भाव पाइरहेका छन् । व्यापारलाई सेवा पनि ठान्ने खड्काले सामाजिक उत्तरदायीको भूमिका पनि निर्वाह गरिरहेका छन् ।

२०७९ माघ १९, बिहीबार प्रकाशित 1 Minute 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।