२०८३ जेष्ठ २१ बिहीबार

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् ।
मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । किनकी प्रविधिको विकाससँगै घडी र रेडियो व्यापारमा मन्दी छायो । उनले पनि त्यो व्यवसाय छाडे ।

त्यसपछि उनले ०७१ सालदेखि प्लाइउडको व्यापारमा हात हाले । आजसम्म उनी त्यही उद्योग/व्यवसायमा निरन्तर लागि परेका छन् । व्यवसायीले नाफामात्र हेर्दैन भन्ने गतिलो उदाहरण बनेका शाक्य समाज रुपान्तरणमा उत्तिकै सक्रिय छन् ।

उनी थुप्रै सामाजिक संघसंस्थामा आबद्ध छन् । नेपाल भेनियर संघको महासचिव, सतासी बहुमुखी सहकारी संस्थाको लेखा सुपरिवेक्षण संयोजक, नेवाः देय् दबूका केन्द्रीय सदस्य, धर्मोदय सभा झापाका अध्यक्ष, रोटरी क्लब मेचीनगरका उपाध्यक्षको जिम्मेवारीमा अहिले पनि सक्रिय छन् ।

शाक्य धुलाबारी जेसीजको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानको सदस्य, अर्बुद रोग निवारण संघको आजीवन सदस्य, रेडक्रस सोसाइटीको आजीवन सदस्य र रोलिङ क्लब धुलाबारीको सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

सामाजिक संघसंस्थाको नेतृत्वदायी अनुभव सँगालेका शाक्यले उद्योग व्यापारका क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्न सम्पूणर् व्यवसायीमाझ अपिल गरेका छन् । उनले भने, ‘व्यवसायीका तमाम समस्याहरु समाधान गर्नका निमित्त एकपटक मलाई काम गर्ने अवसर प्रदान गरिदिनु होला ।’ व्यवसायीका दुःखसुखमा सधैँ साथ दिँदै आएका शाक्यले अब नीति बनाएर व्यावसायिक क्षेत्रलाई प्रवद्र्धन गर्न लागि पर्ने बताए ।

२०७९ माघ १९, बिहीबार प्रकाशित 0 Minutes 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।