२०८१ माघ २ बुधबार

मेची किनारमा रमाईलो वनभोज , मेची नदीको किनारमा रहेको प्रकृति पार्क

झापाको मेचीनगर नगरपालिका वडा नं ४ मा रहेको प्रकृति पार्क आन्तरिक पर्यटकको आकषर्ण बन्दै गएको छ । नेपाल—भारत सीमा नदी मेचीको किनारमा रहेको यो पार्क अहिले वनभोज(पिकनिक)स्थलको रोजाईमा समेत पर्न थालेको छ ।शनिबार काँकरभिट्टा स्थित पाथिभरा प्रिन्टिङ्ग प्रेसले आयोजना गरेको वनभोज कार्यक्रममा पत्रकार जी आर धितालको जन्मदिन समेत मनाईएको थियो । वनभोजमा स्थानीय पत्रकार,जनप्रतिनिधि,सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । यो रिपोर्ट हामीले मेचीनगरका पर्यटकीय स्थलको जानकारीका लागि प्रस्तुत गरेका हौँ ।

chautaripostonlinetv

 

२०८१ पुष २७, शनिबार प्रकाशित 1 Minute 13 Views

ताजा समाचार