झापा मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा रहेका थिए । संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको सो कार्यक्रममा खानेपानी संस्था,विभिन्न सामाजिक संघ संस्था,राजनीतिकदल र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।कार्यक्रम विगतमा लामो समय सम्म भारमा पानी बोकेर जिविकोपार्जन गरेका वृद्ध , उत्कृष्ट उपभोक्ता तथा संस्थाका कर्मचारीलाई सम्मान,पुरस्कार र प्रमाण पत्र सम्मान स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको संचालन सचिव विशाल तामाङ्गले गरेका थिए । कार्यक्रममा मेचीनगरका पूर्व मेयर बिमल आचार्यलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
chautaripostonlinetv