२०८१ माघ ८ मंगलवार

बत्ति गएपछि अध्यक्षले मोबाईलको टर्च बालेरै पनि प्रतिवेदन पढे

मेचीनगर नगरपालिका वडा नं ६ स्थित महेन्द्रदार सहकारी संस्था लि.ले आफनो ३५औँ वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष राजकुमार दाहाल(राजु)को सभापतित्वमा सभा सम्पन भएको छ ।संस्थाको वार्षिक प्रतिवेदन वाचन गरिरहेको समयमा बत्ति गएपनि अध्यक्ष दाहालले मोबाईलको टर्च बालेरै भएपनि प्रतिवेदन वाचनलाई निरन्तरता दिएका थिए । संस्थाका शेयर सदस्य ,समितिका पदाधिकारी लगायत स्थानीय राजनीतिदलका प्रतिनिधि र सामाजिक अगुवाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

chautaripostonlinetv

२०८१ पुष २५, बिहीबार प्रकाशित 1 Minute 30 Views

ताजा समाचार