२०८१ माघ ८ मंगलवार

दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य

बिकास अधिकारी, पश्चिम नवलपरासी
पश्चिम नवलप्रासी- जिल्लाको दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको हो ।

शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातीदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।

रातभरको जामका कारण यात्रुले शास्ति भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्नेखण्ड पार गरेका छन् । काठमान्डौबाट नवलपरासी फर्किएका यात्रु मोहम्मद इजहार शेखले तीन घण्टा लगाएर पैदल हिडेर हिलाम्मे सडक पार गरेको बताउनुभयो ।

ठाउँ ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोकिएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ ।

नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ पुष २५, बिहीबार प्रकाशित 1 Minute 16 Views

ताजा समाचार