झापा मेचीनगर नगरपालिका वडा नं ६ मा रहेको मेची मासु उत्पादक सहकारी संस्थाले १७औँ वार्षिक साधारण सभा गरेको छ । बुधबार काँकरभिट्टा स्थित खानेपानी सभाहलमा संस्थाले आफ्नो १७ औँ वार्षिक साधारण सभा गरेको हो । संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न सो सभामा उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी रहेका थिए ।साधारण सभामा ज्येष्ठ नागरिकदेखि खेलाडीलाई सम्मान गरिएको थियो । सो कार्यक्रमको संचालन संस्थाका व्यबस्थापक अनिता गुरागाँईले गरेकी थिइन् ।कार्यक्रममा संस्थाका सदस्य लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



