२०८१ बैशाख १३ बिहीबार

काँकरभिट्टा माविको ५५ औं वार्षिकोत्सवमा विद्यार्थीदेखि सांसद्सम्म अभिनन्दित

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयले ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न गरेको छ । काँकरभिट्टा माविमा मंगलबार विविध कार्यक्रमसहित वार्षिकोत्सव समापन गरेको हो ।

वार्षिकोत्सवको अवसरमा संघीय सांसद विश्वप्रकाश शर्मा, १ नं प्रदेशसभा सदस्य गोपाल तामाङ्ग, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई अभिनन्दन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सांसद शर्माले विशिष्ट अतिथिसमेत रहेका १ नं प्रदेशसभा सदस्य गोपाल तामाङलाई अभिनन्दन पत्र प्रदान गरेका थिए । शर्मालाई विद्यालयका तर्फबाट प्रधानध्यापक हरिप्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानी केरूङले अभिनन्दन पत्र प्रदान गरेका थिए । उनले यस क्षेत्रको शैक्षिकक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरूङको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बुद्धिनाथ पौडेल, पुर्व प्रधानध्यापकहरू दिलीप अधिकारी, चुडामणि बराल, तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको थियो ।

२०७८ वर्ष उत्कृष्ट सम्मानसहित शिक्षक रूमा कार्की ढकाललाई बिदाई गरिएको छ । कार्यक्रममा दाताहरू चन्द्रमान श्रेष्ठ, ओजेश ओली, रोशन अग्रवाल, अम्बिका खवास, धनप्रसाद गुरूङ, विजय डालमिया, बिना तामाङ, दुर्गा पुरी, मुन्ना श्रेष्ठ, धनकिरण गुरूङ, पुनम प्रधान, रोटरी क्लब अफ काँकरभिट्टा र यामप्रसाद निरौलालाई अक्षयकोष दाता सम्मान प्रदान गरिएको छ ।

२०७७ सालको कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरूलाई नगद ५ हजार रूपैयाँ र सम्मानपत्रसहितको धनप्रसाद गुरूङ छात्रावृति पुरस्कार प्रदान गरिएको छ । सोहि वर्षको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने आयुश रिजाललाईसमेत नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । २०७८ सालको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरू र कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने समिर फूयाँललाई नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

पुष्पा श्रेष्ठ स्मृति पुरस्कार कक्षा ४ का समीर राई र कक्षा ५ का रिया लिम्बुलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही नगद ५/५ हजार रूपैयाँ र सम्मान पत्र रहेको छ । यो पुरस्कार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट १/१ जना विद्यार्थीलाई प्रदान गरिन्छ । कक्षा ६, ७ र ९ का उत्कृष्ट १/१ जना विद्यार्थीलाई प्रदान गरिने भगिमाया ओली स्मृति पुरस्कार विवश दाहाल, शर्मिला तामाङ, युगान्त निरौला र शर्मिला तामाङले प्राप्त गरेका छन् । पुरस्कारको राशी जनही नगद ५/५ हजार रूपैयाँसहित सम्मान पत्र रहेको छ ।

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने सचिन राउत, धनमाया लामा र पिटर लिम्बुलाई ख्यालीराम पार्वतिदृवि अग्रवाल स्मृति पुरस्कार प्रदान गरिएको छ । कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने विवश दाहाल, छिरिङ भोटे, सीजा प्रधान, र साईना प्रधानलाई हर्पतलाल गीतादेवि डालमियाँ स्मृति पुरस्कार प्रदान गरिएको छ । साबित्रादेवि स्मृति छात्रावृत्ति पुरस्कार एसईईमा अल्पसंख्यक विद्यार्थी हिना हेमरम र संगम चेपाङलाई जनही नगद ५/५ हजार रूपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ । नरबहादुर तामाङ स्मृति छात्रावृत्ति पुरस्कारबाट जेहेन्दार उत्कृष्ट खेलाडी रमेश रावत, प्रोत्साहन छात्रावृत्ति बुदिन हेमरम र तृष्णा अधिकारी र उत्कृष्ट कक्षा क्यापटन सरोज जिरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही नगद २५/२५ सय र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा प्रमुख साँस्कृतिक कार्यक्रम र प्रतियोगितात्मक खेलहरू प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथिहरू १ नं प्रदेशसभा सदस्य तामाङ, नगरप्रमुख बुढाथोकी उपप्रमुख उप्रेतीलगायतले बोलेका थिए ।

स्काउटबाट स्वागत नृत्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर गिरीले शब्दद्वारा स्वागत गरे । कार्यक्रमको सञ्चालन शिक्षक मदन अधिकारी र प्रधानाध्यापक न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०७९ माघ १७, मंगलवार प्रकाशित 0 Minutes 315 Views

ताजा समाचार