माईधार । झापामा रहेका सिटौला बन्धुहरुको साधारण सभा आईतबार सम्पन्न भएको छ ।सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । सो सभाले चयन गरेको सिटौला बन्धु समाजको अध्यक्षमा प्रेमप्रकाश सिटौला,उपाध्यक्षमा क्रमशःकञ्चना ढकाल(सिटौला),रामचन्द्र सिटौला र टंक सिटौला रहेकाछन् भने सचिवमा युवराज सिटौला र सहसचिवमा विष्णु सिटौलाछन् । समाजको कोषाध्यक्षमा प्रकाशकुमार सिटौला रहेकाछन् भने सदस्यहरु क्रमशःरामप्रसाद सिटौला(दोसी),नरेन्द्र सिटौला,हरिप्रसाद सिटौला,नेत्र सिटौला,देबीप्रसाद सिटौला र अग्नीप्रसाद सिटौला(गोपाल)रहेकाछन् ।
प्रेमप्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि पुस्ता नं (१०)का भक्तप्रसाद सिटौला रहेका थिए ।सभाको निर्वाचन समिति संयोजकमा टंकप्रसाद सिटौला र सदस्यहरुमा चन्द्रप्रकाश र गणेश सिटौला रहेका थिए ।सिटौला बन्धु समाजको केन्द्रिय कार्याल शिवसताक्षी स्थित दोमुखामा गोठ धुप सहितको कार्यक्रम रहेको थियो भने सभामा समाजका ९३ प्रतिनिधि र उल्लेख्य रुपमा सिटौला बन्धुहरुको उपस्थिति रहेको श्रीप्रसाद सिटौलाले बताए । सो कार्यक्रमको संचालन युवराज सिटौलाले गरेका थिए भने आगन्तुक बन्धुहरुलाई स्वागत मन्तब्य टंक सिटौलाले राखेका थिए ।