२०८१ बैशाख १३ बिहीबार

भद्रपुरबाट आयात-निर्यात सहज बनाउन उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण

झापा ।  मेची नदीमा पुल निर्माण भएसँगै नेपालतर्फको सीमा बजारको व्यापार व्यवसाय खस्किँदै गएको भन्दै भद्रपुरका उद्योगी व्यवसायीले उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

उद्योगी व्यवसायीले उपप्रधानमन्त्री लिङ्देनलाई भेटेर सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका बारेमा जानकारी गराएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।

मेची पुलको भद्रपुर–गलगलिया नाका भएर आयात निर्यात सहज गर्न तथा नेपाली चियालाई यसै नाकाबाट भारत लैजान व्यवस्था कार्यान्वयनमा ल्याउन उपप्रधानमन्त्री लिङ्देनसमक्ष उद्योगी व्यवसायीले आग्रह गरेको रेग्मीले बताए ।

यसै, झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित लिङ्देन उपप्रधानमन्त्री बनेकोले यहाँका उद्योगी व्यवसायीहरूले कृषि, सिचाइको विद्युतमा अनुदान प्रदान गर्न पनि माग राखेका छन् ।

यता उपप्रधानमन्त्री लिङ्देनले उद्योगी व्यवसायीले उठाएको मागप्रति आफू सकारात्मक रहेको र भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने बताएका छन् । उपप्रधानमन्त्री लिङ्देनलाई चिया उद्योगी चण्डीप्रसाद पराजुली, राजेन्द्र सिंह राजवंशी, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायतको उपस्थिति थिए ।

मेची पुलको उद्घाटन २०७५ साल माघ १७ गतेका दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्षका केपी शर्मा ओलीले गरेका थिए । पुल सञ्चालनमा आएको चार बर्ष बित्न लाग्दा समेत भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणसँगै स्तोरन्नति काम सुस्त छ । अहिले यो नाकाबाट सानो मात्रामा सरसामान आयात भइरहेको छ, भने निर्यात हुन सकेको छैन । टाइम्स अफ प्रदेश

२०७९ माघ १७, मंगलवार प्रकाशित 0 Minutes 176 Views

ताजा समाचार