२०८३ जेष्ठ २९ शुक्रबार

दमक व्यापारिक कम्प्लेक्स विकासको नमुना हो : प्रधानमन्त्री ओली

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

झापा, २३ मङ्सिर। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ।

भव्य जनसहभागितामा सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताउनुभयो।

विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो।

उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताउनुभयो।

कार्यक्रममा चीन भ्रमण देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्रीले अवगत गराउनुभयो ।

गोरखापत्र अनलाइन

२०८१ मंसिर २३, आईतवार प्रकाशित 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।