२०८१ माघ २ बुधबार

झापामा तोरीको मुल विउ खेतीमा अनुसन्धान

झापा । झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान सुरु गरेको छ । तोरीमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद र नगरपालिकाको त्रिपक्षीय सम्झौताबाट तोरी खेतीमा अनुसन्धान थालिएको हो ।

झापाका केही स्थानीय पालिकाले तोरीमा आत्मनिर्भर हुने गरी अनुदानमा उन्नत विउ उत्पादन कार्याक्रम सुरु गरेका छन् । यस बर्ष झापाको गौरादहमा तोरीको अनुसन्धान इकाईको रुपमा कार्यक्रम थालिएको नमूना खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।

प्रिती प्रजातिको तोरीको खेती दुई तरिकाले गरिएको छ । खेतबारीमा जग्गाको बराबरी भागमा पराम्परागत तरिकाले छरिएको छ भने त्यति नै क्षेत्रमा ड्याङ प्रविधिमा खेती गरिएको रेखदेखमा खटिँदै आएकी कृषि प्राविधिक कल्पना खतिवडाले बताइन् ।

उनका अनुसार एक तरिकाले पराम्परागत तरिकाले विउ छरिएको छ भने एक तरिकामा लाइनमा राखेर विउ छरिएको छ । गौरादहले अघिल्लो वर्ष पनि तोरीको मुल विउ उत्पादनका लागि अनुदानमा विउ वितरण गरेको छ । जसले गर्दा खेती वर्षेनी विस्तार हुन थालेको किसानले बताएका छन् ।

झापामा तीन वर्ष यता तोरी खेती विस्तार हुँदै गएपछि ६ हजार हेक्टर क्षेत्रफल हाराहारीमा तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । सरकारले समेत तोरी खेतीमा जोड दिन थालेकाले खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

२०८१ मंसिर २३, आईतवार प्रकाशित 1 Minute 35 Views

ताजा समाचार