२०८१ माघ २ बुधबार

मेचीनगरका नगर प्रहरीलाई गाडी हस्तान्तरण

मेचीनगर नगरपालिकाका नगर प्रहरीलाई काममा सहज होस् भन्ने उद्देश्यले सवारीसाधन प्रदान गरिएको छ । बिहीबार बिहान नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख बुढाथोकीले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।

उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा बजार अनुगमनमा समेत नगर प्रहरीको महत्त्वपूर्ण भूमिका हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश बस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिएका थिए ।

२०८१ मंसिर २०, बिहीबार प्रकाशित 0 Minutes 141 Views

ताजा समाचार