
प्रहरीले हिजाे बिहान पौने १२ बजे सिकिस्त अवस्थामा फेला पारेको थियो। उनी सताक्षीधाममा शतबीज छर्न आएको बताइएको छ । पितृहरूको नाममा शतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागिरहेकी थिइन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । ‘उनी सहयोग मागिरहेका बेला एक्कासि ढलेकी थिइन्,’ घटनाका प्रत्यक्षदर्शीले भने ।
भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा गरेको बताइएको छ । ढलेको देखेपछि निकै ठूलो भीड लागेको थियो। भीडकै कारण उनले समयमा उपचार नपाएको बताइएको छ । ढलेको ठाउँदेखि अस्पतालसम्म जाने यातायातका साधन नहुँदा समयमै अस्पताल पुर्याउन नसकिएको एक रेडक्रसकर्मीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



