२०८१ माघ २ बुधबार

स्वर्गीय रोट्राक्टर सचिनकुमार श्रेष्ठको सम्झनामा बृहत रक्तदान

काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टा, इटाभट्टा र मेचीनगरको संयुक्त आयोजनामा तथा झापा रेडक्रसको सहयोगमा शनिबार ११ औं स्वर्गीय सचिन मेमोरियल रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने नाराका साथ रोट्राक्ट क्लब अफ काँकरभिट्टाको आयोजनामा मेचीनगर- ६ स्थित काँकरभिट्टाको हनुमान मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष बिनम सरदारले जानकारी दिए ।

स्वर्गीय रोट्राक्टर सचिनकुमार श्रेष्ठको सम्झनामा रोटर्‍याक्ट क्लबले रक्तदान कार्यक्रम गरेका छन् । २०५९ चैत २७ गते रगतको अभावमा मृत्यु भएका रोटर्‍याक्ट क्लब अफ दमौलीका सहसचिव श्रेष्ठको सम्झनामा हरेक वर्ष रक्तदान कार्यक्रम हुने गरेको हो ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका सचिव विश्वास दाहालले बताए । शनिबार भएको रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताहरुले रगत दान गरेका छन् ।

२०८१ मंसिर १६, आईतवार प्रकाशित 1 Minute 225 Views

ताजा समाचार