२०८३ जेष्ठ २१ बिहीबार

झापाका सिडिओ पोखरेलले भने- सीमा सुरक्षालाई थप कडा बनाउँछु

झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सिमा सुरक्षालाई थप कडाई पार्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै प्रजिअ पोखरेलले जिल्लामा हुने अपराधजन्य गतिविधिलाई नियन्त्रण गर्न सिमा नाकामा कडाई र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने बताए । उनले लागूऔषध नियन्त्रणसंगै अपराधजन्य गतिविधिलाई निस्तेज पार्ने सुरक्षा योजना तयार गर्दै अघि बढ्ने बताएका छन् ।
सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाहका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै प्रजिअ पोखरेलले कुनै पनि सेवाग्राहीले गुनासो गर्ने बातावरण सृजना हुनै नदिने बताए । जिल्लामा रहेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सहित आम झापावासीको साथ र सहयोगमा जिल्लालाई भयरहित र सुरक्षित बनाउन आफू लागि पर्ने बताए ।

पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, रुद्र प्रसाद न्यौपाने, शसस्त्र प्रहरीउपरीक्षक देवराज अर्याल लगायतको सहभागीता रहेको थियो ।

२०७९ माघ १६, सोमबार प्रकाशित 0 Minutes 585 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।