खानेपानी मन्त्री प्रदिप यादबले शनिबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निरिक्षण गरेकाछन् । मन्त्रालयको उच्च टोलीका साथ आएका मन्त्रीले काँकरभिट्टा खानेपानीको विगतदेखि वर्तमान सम्मका बारेमा जिज्ञासा राखेका थिए । मन्त्री यादबलाई संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी गराएका थिए । काँकरभिट्टा खानेपानीको वर्तमान अवस्थाका बारेमा कार्यालय प्रमुख दीपकप्रसाद पोखरेल जानकारी गराएका थिए । संस्थाका पदाधिकारी र स्थानीय सामाजिक अगुवा र राजनीतिकदलका प्रतिनिधिहको उपस्थिति रहेको संक्षिप्त कार्यक्रममा मन्त्री यादबले काँकरभिट्टा खानेपानी संस्थाका वर्तमानका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । संस्थाको कार्यालयमा निरिक्षणका क्रममा पुगेका मन्त्रीले संस्थाको सभाहलमा आयोजित एक बैबाहिक कार्यक्रममा ेबेहुलीलाई बधाइ र शुभकामना समेत दिएका थिए ।मन्त्री यादब यो बैवाहिक कार्यक्रममा संयोगले मात्रै पुगेका थिए ।बेहुली पक्षको अनुरो्धमा उनले बैवाहिक कार्यक्रममा सामुहिक तस्विर समेत खिचाएका थिए ।
२०८१ मंसिर ८, शनिबार प्रकाशित
0 Minutes
20 Views