२०८१ बैशाख ८ शनिबार

एकल चुनावी मैदानमा लोकतान्त्रिक समुह, साझा गठबन्धनमा ६ दल

धुलाबारी । मेचीनगरका व्यवसायीहरूको अभिभावक संघ मेची उद्योग वाणिज्य संघको निर्वाचन यही माघ २१ गते हुने भएको छ । निर्वाचन समितिका अनुसार व्यवसायी का दुईवटा प्यानल खडा गरेर प्रतिष्पर्धा हुँदैछ ।

कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट मोहन निरौलाले अध्यक्ष पद्का लागि उम्मेद्वारी दिएका छन् । यस्तै, वरिस्ठ उपाध्यक्षमा कपिल क्षेत्री, महिला उपाध्यक्षमा निर्मला भण्डारी चौहान, उद्योग उपाध्यक्षमा भुमि पौडेल, वाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महासचिवमा उदय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, सदस्यमा सन्तोष खवास, विष्णु बुढाथोकी, कमल कोइराला, चन्द्र घोर्साई, श्याम न्यौपाने, बिनोद बानियाँ, राजेश वंशल, दिलकुमारी तामाङ, सुन्दरी श्रेष्ठ र बम्हलाल ओेझाले उम्मेद्वारी दर्ता गरेका छन् ।

लोकतान्त्रिक समूहबाट एकल मैदानमा उत्रिएको छ । सत्ता गठबन्धन दलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी रहेका छन् । १६ पदका लागि ३४ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये २ जनाले बाघी उम्मेदवारी दर्ता गराएका छन् । साझा गठबन्धन समुहबाट खेम प्रसाईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् उनलाई ६ दलको समर्थन रहेको छ । निर्वाचित अध्यक्षले ५ जना सदस्य मनोनित गर्नेछ भने २१ जनाको कार्यसमिति बन्नेछ ।

२०७९ माघ १६, सोमबार प्रकाशित 0 Minutes 655 Views

ताजा समाचार