२०८२ जेष्ठ १९ आईतवार

‘पूर्णबहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौँ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अप्रत्यषित रुपमा दर्शकको मन जितिरहेको छ।

यही कार्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ ।

काठमाडौँ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले जानकारी दिए।न्युज अफ नेपाल

२०८१ कार्तिक २३, शुक्रबार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार