२०८१ बैशाख ७ शुक्रबार

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ ।  भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो ।

उनीहरूले झापाको २७ वर्षीय महिलालाई विराटनगरको एक होटेलमा  माघ १२ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’

पक्राउ परेका भारतीय नागरिक केही दिनयतादेखि विराटनगरको होटमाल बस्दै आएका थिए । १२ माघ कामको खोजीमा ती महिला र बालिका विराटनगरको रोडशेषचौकदेखि दक्षिणको एक होटेलमा पुगेका  थिइन् ।

‘उनीहरूले त्यहाँ होटेलमा काम मागेको रहेछन् । त्यही होटेलमा रहेका भारतीय नागरिक बाबु साहेब र जाहेरीले नियाली रहेका रहेछन् । त्यही बिचमा बाबु साहेब र जाहेरीले तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौ भन्दै विभिन्न प्रलोभनमा पारे ।  त्यही नजिकको होटेलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने क्रममा पक्राउ गरिएको हो,’ साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने ।

२०७९ माघ १६, सोमबार प्रकाशित 0 Minutes 196 Views

ताजा समाचार