२०८१ बैशाख ११ मंगलवार

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको सभामा सम्मान

काँकरभिट्टा । काँकरभिट्टास्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषले २८ औं बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यत्तित्वहरूलाई सम्मान गरेको छ । कोषले संस्था स्थापना कालदेखि नै संस्थालाई सहयोग पुर्याउने समाजसेवी डिल्लीराम घिमिरे, २०७७ सालको एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा- छोरी मध्येबाट आयुष भट्टराई, निमेष घिमिरे र नितेष घिमिरेलाई जनही ५ हजार नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

त्यसैगरी, सदस्यका जेष्ठ आमा-बुबा मध्येबाट ३ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मेचीनगरका प्रमुख गोपालचन्द्र बुडाथोकी, संस्थाका सदस्य धुर्बकुमार राई र नारायण बिमलीलाईसमेत अभिन्नदन पत्रद्वादा सम्मान गरिएको छ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का प्रदेश सांसद् गोपाल तामाङ, विशेष अतिथि मेचीनगरका प्रमुख गोपाल बुढाथोकी, निबर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, विभिन्न संघ-संस्थाको प्रतिनिधित्व गर्दै मेचीनगर वडा नं-६ का वडाअध्यक्ष ललितबहादुर तामाङ, समाजसेवी राजु पोखरेल, नेत्र कार्की, बिष्णु श्रेष्ठ , राजकुमार सुवेदीलगायतले शुभकामना राखेका थिए। १२६ सदस्य रहेको संस्थाको यो ३२ ओं स्थापना दिवस हो ।

कोषका उपाध्यक्ष मोहन रिजालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दुर्गा खड्काले गरेका थिए भने यो नयाँ नेतृत्व चयनका लागि अधिवेशन भएको हो ।

२०७९ माघ १५, आईतवार प्रकाशित 1 Minute 291 Views

ताजा समाचार