
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ ।
आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको उनले बताए।

उनले भने, ‘पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन भएका छन्। परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयबारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।’
उनले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए।
‘गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ’, उनले भने।