२०८१ बैशाख १३ बिहीबार

श्रीमतीलाई लात्तीले हानेर हत्या गर्ने एक व्यक्ति पक्राउ

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ मा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–९ मा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका–१ भोजपुरका ३५ वर्षे बिश्वराज घिसिङ रहेका छन ।

घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा तात्तिले पेटमा हानेका थिए ।

श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो । लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

२०७९ माघ १५, आईतवार प्रकाशित 0 Minutes 209 Views

ताजा समाचार