२०८१ बैशाख १४ शुक्रबार

२०५१ फागुन २८ पछि जन्मिएकाले मात्रै स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धी निर्देशिका तयार गरेको छ ।

निर्देशिका अनुसार २०५१ साल फागुन २८ गते पछि जन्मेका विद्यार्थीले उम्मेदवारी दिन पाउने छन् । उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्थाले गर्दा त्यसअघि जन्मिएका विद्यार्थीले उम्मेदवार दिन नपाउने भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १५ बुँदे निर्देशिकामा समितिले गर्ने काम लगायत विषयहरु समेटेको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० अनुसार स्ववियु कार्य समितिमा २ सय जनासम्म विद्यार्थी भएकोमा ११ सदस्यीय, २०१ देखि १ हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३ हजारसम्म विद्यार्थी भएकामा १९ सदस्यीय र ३००१ देखि बढी विद्यार्थी रहेको क्याम्पसमा २१ सदस्यीय समिति बन्नेछ ।

त्यस्तैगरी स्ववियु निर्वाचनमा कुनै संघ, संगठन वा समूहले समानुपातिकतर्फ मात्र पनि निर्वाचनमा सहभागी हुन पाउनेछन् । एउटै क्याम्पस हातामा केन्द्रीय विभागको पनि कक्षा सञ्चालन भइरहेको अवस्थामा एउटै स्ववियु हुने निर्देशिकामा उल्लेख गरिएको छ ।

२०७९ माघ १५, आईतवार प्रकाशित 0 Minutes 157 Views

ताजा समाचार