संघीय सरकारले दिएका सार्वजनिक बिदाबाहेक प्रदेशलाई ६ वटा थप बिदा दिने सुविधा छ । २०८१ सालमा सरकारले पाँच वटा बिदा दिएको थियो ।
२०८० चैत ९ गते तत्कालिन केदार कार्की नेतृत्वको सरकारले २ बैशाखको सिरुवा पर्वमा झापा मोरङ सुनसरी र उदयपुर जिल्ला, ११ भदौंको राधाकृष्ण रथयात्राका लागि प्रदेशभर, २३ भदौंको ऋषि पञ्चमीमा प्रदेशभरि महिला कर्मचारीलाई मात्रै, २३ कात्तिकमा छठ पर्वका लागि प्रदेशभर र २५ कात्तिकको फाल्गुनन्द जयन्तीमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।