२०८१ भाद्र २७ बिहीबार

मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं । अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।

एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।

हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

२०८१ श्रावण ३१, बिहीबार प्रकाशित 0 Minutes 66 Views

ताजा समाचार