२०८३ जेष्ठ २१ बिहीबार

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

२४ साउन, काठमाडौं । भारत पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी)का नेता भट्टाचार्यको आज ८० वर्षको उमेरमा निधन भएको हो ।

उनी सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष मुख्यमन्त्री बनेका थिए । केही दिनदेखि उनी गम्भीर विरामी परेका थिए । उनको कलकत्तास्थित घरमै निधन भएको हो ।

भट्टाचार्यको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शोक व्यक्त गरेकी छन् । ‘पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनबाट दुःखी छु,’ ममताले भनेकी छन् ।

सन् १९७७ देखि २००० सम्म ज्योती बसु नेतृत्वमा भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी) नेतृत्वको सरकार थियो । त्यसपछि २००० देखि २०११ सम्म भट्टाचार्य मुख्यमन्त्री बनेका थिए । सन् २०११ मा तृणमुल कांग्रेसले कम्युनिष्ट पार्टीलाई सत्ताबाट हटाएको थियो ।

बुद्धदेवलाई पश्चिम बंगालमा औद्योगिक क्रान्ति ल्याउने नेताको रुपमा चिनिन्छ ।

उनलाई भारत सरकारले सन् २०२२ मा प्रतिष्ठित पद्म भूषण सम्मान दिने निर्णय गरेको थियो । तर उनले त्यो सम्मान लिन अस्वीकार गरेका थिए ।

२०८१ श्रावण २४, बिहीबार प्रकाशित 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।