२०८१ बैशाख १२ बुधबार

अन्तर्राष्ट्रिय भन्सार दिवसमा दर्जनाै सम्मानीत

काँकरभिट्टा । मेची भन्सार कार्यालय काँकरभिट्टाले विभिन्न विधामा उत्कृष्ट प्राप्त गर्ने दर्जनौ व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद तथा सम्मान पत्र प्रदान गरेको हो । त्यसैगरी, कार्यालय परिसरमा १०० फुट उच्चाइमा झण्डा फराइएको छ । कार्यालयले उत्कृष्ट कर्मचारी, व्यवसायी, भन्सार एजेन्ड, बिधार्थी, खेलाडीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मानित गरेको हो ।

जिल्ला स्तरीय ब्याडमिन्टनतर्फ चाणक्य पाठक र नवीन सिलवाल, विसन राई र जुनुन राई, प्रकाश राई र सुदेन राईको टीम क्मश प्रथम, द्वितीय र तृतीय भएको थियो । त्यसैगरी, विद्यालयस्तरीय कवितातर्फ अर्पणा पौडेल, सालु देवान, कुशुम अधिकारी, क्रमस प्रथम, द्वितीय र तृतीय भएका थिए भने निबन्ध प्रतियोगितातर्फ साक्षी ओझा, अपेक्षा चौलागाई र निर्जला राउत क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

भन्सार कार्यालयले व्यवसायीतर्फ इन्द्रा जमरकटेल (काठमाडौं), कविश मारू (झापा), सुवास चम्तेल (मेचीनगर), एजेन्ट प्रतिनिधि रोशन अग्रबाल, युवराज मुखिया र एजेन्ट कृष्णकान्त खनियालाई सम्मान गरिएको हो । यो बर्षको उत्कृष्ट कर्मचारीतर्फ भन्सार बिभागले बिकास बस्नेत र मेची भन्सार कार्यालयले महेशकुमार न्यौपाने र हरि प्रसाद गुरागाईलाई सम्मान गरेको छ । उनीहरूलाई प्रमुख अतिथि बुडाथोकीले नगद तथा प्रमाण पत्रद्वारा सम्मान गरेको भन्सार अधिकृत पूणर् प्रसाद लम्सालले बताए । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरप्रमुख गाेपाल बुढाथोकी प्रमुख अतिथि रहेका थिए । सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने नगद पुरस्कारको व्यवस्थापन मेची भन्सार एजेन्ड संघले गरेको अध्यक्ष मोहन निरौलाले बताए ।

२०७९ माघ १२, बिहीबार प्रकाशित 0 Minutes 231 Views

ताजा समाचार