२०८१ मंसिर २५ मंगलवार

कोटा विरोधी आन्दोलन चर्किरहेको बंगलादेशमा कति छन् नेपाली ?

काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किरहेको छ । आन्दोलन चर्किदा बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन हजारको हाराहारीमा नेपाली छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् ।

“बंगलादेशमा तीन हजारको हाराहारीमा नेपाली हुनुहुन्छ । यसमध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत हुनुहुन्छ । दोस्रो ठूलो संख्या कृषि पढ्नेहरूको छ । यहाँ इन्जिनियरिङ पढ्नको लागि नेपालीहरू आउनु भएको छ,” बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले भने ।

बंगलादेशमा कोटा विरोधी आन्दोलन चकिएपछि दूतावासले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा कलेज प्रशासनलाई सम्पर्क गरी उनीहरूको अवस्था बुझ्ने काम गरिरहेको जनाएके छ ।

“हामी यहाँ रहनुभएको नेपालीहरूसँग निरन्तर सम्पर्कमा छौँ । विदेशी विद्यार्थीलाई यहाँ कुनै अप्ठेरो छैन । आत्तिनुपर्ने अवस्था छैन,” राजदूत भण्डारीले नेपाली विद्यार्थीलाई ढुक्क भएर बस्न अनुरोध गर्दै भने ।  बाह्रखरी

२०८१ श्रावण ३, बिहीबार प्रकाशित 0 Minutes 126 Views

ताजा समाचार