२०८१ बैशाख ७ शुक्रबार

आत्मदाह गर्नुअघि आचार्यले उठाएका विषयबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन् ।

समितिले सामाजिक सञ्जालमा आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।

मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाउनुअगाडि आचार्यले फेसबुकमा आफूले ऋण तथा उधारोका कारण व्यवसायी चलाउन नसकेको बताएका थिए । उनले विभिन्न व्यक्ति तथा समूहलाई नाम नै उल्लेख गरेर आरोप लगाएका छन् ।

२०७९ माघ १२, बिहीबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार