२०८३ जेष्ठ २१ बिहीबार

मुकुल ढकाललाई साधारण सदस्यबाट निस्कासित गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिए । अहिले सोही विषयमा छलफल भइरहेको छ ।

उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

२०८१ असार २५, मंगलवार प्रकाशित 0 Minutes 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।