२०८१ बैशाख ४ मंगलवार

मेचीनगर नगरपालिका : अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारवाहीमा

दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका मेची निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारवाही शुरु गरेको छ । कारवाही स्वरुप कार्यालयले दशदिनको अवधिमा २ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमालले जानकारी दिए ।

उनका अनुसार कात्तिक १५ देखि माघ १० गतेसम्म नियन्त्रणमा लिएका ट्याक्टर ट्रिपर र इस्काभेटर स्थानीय प्रहरी प्रशसान, अनुगमन समितिले पक्राउ गरी नगरपालिकामा कारवाहीका लागि बुझाएको थियो । ती सवारी साधनबाट कारवाही गर्दा २ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

अवैधरुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई कारवाही गर्ने नगर कार्यपालिकाको निर्णय छ । निर्णय अनुसार यसरी ढुङ्गा, गिट्टी बोक्ने ट्याक्टरलाई १० हजार रुपैयाँ, ट्रिपर २० हजार बालुवा, पुरुवा बोक्ने ट्याक्टरलाई ५ हजार जरीवाना गर्ने निर्णय भएको संयोजक धिमालले बताउनुभयो ।

उनका अनुसार दशदिनमा ट्याक्टर १२ वटा, ट्रिपर ६ वटा र स्काभेटर एउटा सशस्त्र प्रहरी बल नेपाल वीओपी तिरिङ, ज्यामिरगढी, प्रहरी चौकी भृकुटी, अनुगमन समिति र नगरप्रहरीको टोलीले नियन्त्रणमा लिइएको थियो । नगरभित्र मेची, निन्द्या, टिमाई र हडियाँ खोला पर्दछन् । नगरपालिकाले कुनै पनि नदीमा नदी तथा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको उनको भनाई छ । तर, नगर विकासको लागि भने नगरपालिकाभित्रको स्काभेटर प्रयोग गर्न सक्ने बताइएको छ । हडिया खोलाबाट अवैधरुपमा स्काभेटर प्रयोग गरेर नदी उत्खनन गदैगर्दा नियन्त्रणमा लिएको एउटा स्काभेटर र ट्रिपर नगरपालिकाको नियन्त्रणमा छ । त्यसबाट ४५ हजार राजस्व संकलन हुने उनको भनाई छ । यो सहित सवै राजस्व २ लाख ८० हजार रुपैयाँ राजस्व पुग्ने छ ।

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 217 Views

ताजा समाचार