२०८१ बैशाख १३ बिहीबार

आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरमा उभ्याएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री शर्माले दुखी बनेर श्रद्धाञ्जली दिएर मात्रै उन्मुक्ति नमिल्ने बताएका छन् ।

नीति बदलिएर नपुगेको भन्दै उनले थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी रहेको उनले उल्लेख गरेका छ। उनको आत्मदाहको ऐनामा आफूहरूको अनुहार रहेको भन्दै शर्माले केही भिन्न नसोची भिन्न बन्न नसक्ने भनेका छन्।

‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन !’ उनले लेखेका छन्।‘नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।’

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 247 Views

ताजा समाचार